तुरिया नदीमा अवैध उत्खनन बढ्यो, स्थानीय सरकार मौन

नवलपरासी । चुरे क्षेत्रमा पर्ने तुरिया नदीबाट अवैध रूपमा ढुंगा गिट्टी उत्खनन हुने क्रम बढ्न थालेको छ ।  हरेक दिन चुरे क्षेत्रमा पर्ने तुरिया नदीबाट अवैध रूपमा उत्खनन हुँदासमेत कारबाही हुन नसकेको भन्दै स्थानीहरूले विरोध जनाएका हुन् ।

कारबाही गर्ने जिम्मेवार निकाय स्थानीय तह, वन कार्यालय र प्रहरी प्रशासन एक-अर्कालाई दोष लगाएर पन्छिँदा उत्खननको क्रम झनै बढ्दै गएको छ । तुरिया नदीबाट ढुंगा गिट्टी उत्खनन गर्न गिरोह नै सक्रिय भएको स्थानीयहरू बताउँछन् । नदीको आडैमा थुपारेर राखिएको ढुंगा गिट्टी, बालुवा,मिस्कट रातदिन उत्खनन गरी अन्यत्र लैजाने गरेको पाइएको हो ।

चुरे क्षेत्रको पानभर र तुरिया खोलाबाट ट्याक्टरमा ढुंगा गिट्टी,बालुवा,मिस्कट निकासी गरेर तुरियास्थित नदीको आडैमा ठूलो परिमाणमा संकलन गरिएको र यसरी उत्खनन हुँदासमेत स्थानीय सरकार मौन रहेको स्थानीयहरूको गुनासो छ । प्रहरीले केही व्यक्तिलाई पक्राउ गर्दा नगरप्रमुखले आफ्नो मान्छे हो भन्दै छोड्न दबाब दिएको बताउने गरेका छन् ।

नदी छेउमा अनुमति बिना ढुंगा गिट्टी संकलन गर्न पाइँदैन । सुनवल नगरपालिकाले चुरेक्षेत्रका खोला तथा नदीबाट ढुंगा निकासी गर्न रोक लगाएको दाबी गर्दै आएपनि नदी उत्खनन रोकिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 15 =