गोरखाका पालिकाबीच असल अभ्यास आदान प्रदान, १० बुँदे साझा घोषणा जारी

पोखरा । गोरखाका ४ पालिकाबीच असल अभ्यास आदान प्रदान तथा अन्तरक्रिया गरिएको छ । सहिद लखन गाउँपालिकाले गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका र गण्डकी गाउँपालिकालाई एकै ठाउँमा राखेर आदान प्रदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा स्थानीय सरकारलाई चुस्त बनाउने, पारदर्शी, सुशासनयुक्त, मितव्ययी र भेदभाव रहित बनाउन निरन्तर लाग्ने निर्णय गरेका छन् । उनीहरूले एक आपसमा पर्ने समस्या समाधानका लागि आपसी सहयोग आदान प्रदान गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

स्थानीय तहभित्र कार्यान्वयन हुने योजना तथा कार्यक्रमहरूलाई सफल तथा प्रभावकारी बनाउने र समान प्रकृतिका योजना तथा कार्यक्रमहरूमा एकरूपता कायम गर्न असल अभ्यासको आदानप्रदान गर्ने, स्थानीय तहहरूमा रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक स्थलहरू तथा मठमन्दिरहरूको अन्तर स्थानीय तह प्रचारप्रसार गर्ने निर्णय भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन साझेदारी, समन्वय तथा सहयोग गरी आन्तरिक आय वृद्धि गर्न सामूहिक पहल गर्ने र प्राकृतिक स्रोत, साधन तथा वस्तुहरूको उपयोग, संरक्षण, लाभलागत अनुमान तथा प्राप्तिमा समान अवधारणाको विकास गर्ने दश बुँदे घोषणा पत्रमा उल्लेख गरिएको छ । चार वटै स्थानीय तहको सम्भाव्यताको अध्ययन गरी अन्तरस्थानीय तह सञ्चालन हुन सक्ने तुलनात्मक लाभका उद्योग तथा योजनाहरू सञ्चालन गर्न पहल गर्ने पनि बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =