सिद्धार्थ बैंकद्वारा ‘ग्लोबल मनि विक २०२३’ भिडियो प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण

काठमाण्डौ । सिद्धार्थ बैंकले टिकटक भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेकाे छ । ‘ग्लोबल मनि विक २०२३’ को विषय वस्तु ‘प्लान योर मनि, प्लान योर फ्युचर’लाई सार्थक बनाउने उद्देश्यका साथ उक्त प्रतियाेगिता आयोजना गरिएकाे थियाे ।

जसमा ‘बैंकमा बचत गर्नुका फाइदाहरु’ शीर्षकमा भिडियो बनाई अधिकतम मनपराईएका तीन प्रतियोगीलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रूपैयाँ नगद पुरस्कारको व्यवस्था गरेको थियो ।

उक्त प्रतियोगिताका विजेताहरु आज सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तीसारमा एक समारोह आयोजना गरी पुरस्कार प्रदान गरिएको हाे ।

विजेताहरुलाई बैंकका डिजिटल मार्केटिङ्ग प्रमुख अनन्त श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेको हो । उनले सबै प्रतियोगीलाई धन्यवाद ज्ञापन गर्दै यस्ता प्रतियोगिताले सामाजिक सञ्जालको माध्यमबाट वित्तीय चेतना प्रदान गर्न मद्दत पुग्ने भएकोले आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै जाने बताए ।

यसैगरी बैंकले ग्लोबल मनि विककै अवसरमा आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सात दिन दैनिक क्विज प्रतियोगिता पनि आयोजना गरेको थियो ।

यसका साथै बैंकले देशका सातै प्रदेशमा ९८ विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम पनि आयोजना गरेको थियो । जसमा २ हजार ११८ जना महिला र २ हजार ७२ जना पुरुष गरी कुल ४ हजार १९० जनाको प्रतक्ष्य सहभागिता थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − five =