सन्दीपविरूद्ध मुद्दाको पेशी न्यायाधीश घिमिरेको इजलासमा

काठमाडौँ । सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइका लागि पेशी तोकिएको छ । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सन्दीपकाे मुद्दामाथि  सुनुवाइ हुने गरी पेशी ताेकिएको हो ।

यसअघि माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

चैत १३ मा सन्दीपविरूद्धकाे मुद्दाकाे सुनुवाइका लागि पेशी तोकिएकोमा सन्दीप पक्षका वकिलले निवेदन दिएर स्थगित गर्न माग गरेपछि स्थगित गरिएको थियो ।

सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकै न्यायाधीश माधवप्रसाद घिमिरेकै इजलासमा उक्त मुद्दाको पेशी ताेकिएपछि सन्दीपका वकिलले उक्त मुद्दाकाे इजलास सार्न माग गर्दै निवेदन दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 19 =