ट्याक्टरले च्यापिएर घरमा सुतिरहेका युवकको मृत्यु

पोखरा । बागलुङमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । गल्कोट नगरपालिका मनेवाफाँटमा गुडिरहेको ट्याक्टर अनियन्त्रित भई घरमाथि पल्टिएको हो ।

घरमा सुतिरहेका नवलपुर घर भएका २३ वर्षीय दीपेश सलामीको मृत्यु भएको प्रहरीले जनाएको छ । खर्वाङबाट हटियातर्फ छुटेको ध १ त ६०९ को ट्याक्टरले रोकिराखेको ग २ च ८३४८ नम्बरको कारलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।

कारलाई ठक्कर दिएर ट्याक्टर अनियन्त्रित भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =