पोखरामा मृत भेटिएका पुरुषले आत्मदाह गरेको आशंका
२०७९ चैत २१ गते

पोखरा । पोखरामा मंगलबार एक व्यक्तिको जलेर मृत्यु भएको छ । उनले आत्मदाह गरेको खुलेको छ।
पोखरा १७ विरौटास्थित मेलमिलाप टोलमा बस्दै आएका ४५ वर्षीय ईन्द्रप्रसाद अर्यालले घरको कोठामा आत्मदाह गरेका हुन्। वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेद जोसीका अनुसार अर्यालले शरीरमा आगो लगाएर आत्मदाह गरेका आशंका गरिएको छ।
प्रहरी पुग्दा उनले घरको कोठामै चुकुल लगाएर शरिरमा आगो लगाएको देखिएको थियो। घरमा कोही नभएको समयमा उनले आत्मदाह गरेका हुन्।
केही समयअघि मात्रै बैदेशिक रोजगारीबाट फर्किएका अर्यालले के कारणले आत्मदाह गरे भन्ने खुलेको छैन।
प्रहरीले अनुसन्धान सुरु गरिसकेको बैदाम प्रहरी प्रमुख डीएसपी बेद जोशीले जानकारी दिए । अर्यालको कोठामा ग्यालीन भेटिएको र त्यसमा पेट्रोलियम पदार्थ ल्याएको हुनसक्ने अनुमान गरिएको छ।
२०७९ चैत २१ गते
प्रतिक्रिया
सम्बन्धित








