युएईले कटायो १०० रन
मकालु खबर
२०७९ चैत २ गते
काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेलिरहेका छन् । टस जितेर पहिला ब्याटिङ गरिरहेको युएईले १०० रन पूरा गरेको छ । उसले १७.१ आभेरमा २ विकेट गुमाएर १०० रन बनाएको हो ।
यसअघि नै एकदिवसीय मान्यता जोगाएको नेपालले आज यूएईलाई हराएमा एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । त्यसैले पनि यो खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो ।
आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ । फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमै हराएयता नेपालले खेलेका ११ खेलमध्ये १० मा जित हात पारेको छ ।
मकालु खबर
२०७९ चैत २ गते
प्रतिक्रिया
सम्बन्धित