युएईविरुद्ध पहिला बलिङ गर्दै नेपाल
मकालु खबर
२०७९ चैत २ गते
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तिम खेलमा आज नेपालले युएईको सामना गर्दै छ । आजको खेलमा युएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।
युएईका कप्तान मोहमद वासिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले आफ्नो टिममा एक परिवर्तन गरेको छ । नेपालले करण केसीलाई बेन्चमा राखेर उनको ठाउँमा गुलशन झालाई खेलाएको छ ।
नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान) आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।
यसैबीच बिहानै देखि टियु क्रिकेट मैदानमा दर्शकको भिड लागेको छ । क्यानले सबै ११ हजार टिकट बिक्री भएको जानकारी दिएको छ । आजको खेल हेर्न काठमाडौँ बाहिरबाट समेत ठुलो सङ्ख्यामा दर्शकहरू टियु मैदान पुगेका छन् ।
मकालु खबर
२०७९ चैत २ गते
प्रतिक्रिया
सम्बन्धित