नेपालले ७६ रन जोड्दा चौथो विकेट गुमायो
२०७९ फागुन २८ गते

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले युएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गरिरहेको छ । नेपालले चौथो विकेट गुमाएको छ ।
खेलको २२औँ ओभरमा भीम सार्की २९ रन बनाएर रोहन मुस्तफाको बलमा आउट भएका छन् । भीमले कप्तान रोहित पौडेलसँग चौथो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए ।
यसअघि कुशल मल्ल ९ रन बनाएर आउट भएका थिए भने ओपनर आसिफ सेख शुन्यमा र कुशल भुर्तेल ८ रन बनाएर आउट भएका थिए ।
यो समाचार तयार गरुन्जेल नेपालले २३.१ ओभरमा ४ विकेट गुमाउँदै ७९ रन बनाएको छ ।
२०७९ फागुन २८ गते
प्रतिक्रिया
सम्बन्धित








