नेपालले १६ रन जोड्दा दोस्रो विकेट गुमायो
२०७९ फागुन २८ गते

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले युएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गरिरहेको छ । नेपालले दुवै ओपनर गुमाएको छ ।
खेलको दोस्रो ओभरमा नै नेपालका ओपनर आसिफ सेख शून्यमा आउट भएका थिए भने पाँचौँ ओभरमा कुशल भुर्तेल ८ रन बनाएर आउट भएका छन् । युएइका बलर आर्यन लाक्रा र आयान अफजल खानले एक एक विकेट लिए ।
यो समाचार तयार गरुन्जेल नेपालले ५.४ ओभरमा २ विकेट गुमाउँदै १६ रन बनाएको छ ।
२०७९ फागुन २८ गते
प्रतिक्रिया
सम्बन्धित








