पीएनजीविरुद्ध आसिफको शतक

काठमाडौँ । किर्तीपुरमा जारी आइसिसि विश्वकप क्रिकेट लिग-२ अन्तरगतको खेलमा आसिफ शेखले शतक प्रहार गरेका छन् । आसिफले १०१ बलमा १० चौका र २ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका हुन् ।

३२ एकदिवसीय खेल खेलिरहेका आशिफको यो पहिलो शतक हो । उनी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पाँचौ खेलाडी बनेका छन् । यसअघि नेपालका लागि पारस खड्का, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले एकदिवसीय शतक पुरा गरेका छन् ।

पीएनजीसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३५ आभेर सकिँदा २ विकेटको क्षतिमा १ सय ९० रन बनाएको छ ।

नेपाल हाल आइसीसी विश्वकप लिग-२ मा ३२ खेलबाट ३२ अंकसहित पाँचौँ स्थानमा रहेको छ । त्यस्तै युएई ३२ खेलबाट ३१ अंकसहित छैटौँ स्थानमा रहेको छ । त्यस्तै पिएनजी ३२ खेलमा ९ अंकसहित पुछारमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =