नेपालले टस हार्‍यो, पायो ब्याटिङको निम्तो

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तिम सिरिज आजदेखि काठमाडौँमा शुरु हुँदैछ । यस सिरिजमा नेपालसहित युएई र पपुवा न्युगिनी (पिएनजी) खेल्दै छन् ।

आजको खेलमा पीएनजीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले यस खेलमा पहिलो ब्याटिङ गर्ने भएको छ ।

नेपाल हाल आइसीसी विश्वकप लिग-२ मा ३२ खेलबाट ३२ अंकसहित पाँचौँ स्थानमा रहेको छ । त्यस्तै युएई ३२ खेलबाट ३१ अंकसहित छैटौँ स्थानमा रहेको छ । त्यस्तै पिएनजी ३२ खेलमा ९ अंकसहित पुछारमा रहेको छ ।

आजको खेलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । आज प्रतिस जिसीको ठाउँमा कुशल भुर्तेल टिममा आएका छन् ।

आजको टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने र आरिफ शेख ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =