‘छोएर रोग निको पार्ने’ भन्दै पोखरामा सिमान्तको ठगी धन्दा, प्रहरीले समातेर छोड्यो

पोखरा। छोएर र हेरेर नै रोग निको पार्ने दावी गर्दै ठगी गर्ने सीमान्त गुरु नामका व्यक्तिलाई पोखरा स्थित बैदाम प्रहरीले बुधबार पक्राउ गरि त्यसै छोडेको छ।

झापाको गरामनीका भरत भट्टराई (सिमान्त गुरु)लाई प्रहरीले पक्राउ गरेको हो । ७ वर्ष पत्रकारिता र १० वर्ष सशस्त्र युद्दमा होमिएको दावी गर्ने उनले अहिले आफु अलौकिक रहेको भन्दै हेरेकै भरमा रोग निको पार्ने बताएका छन्।

उनले पश्चिम वंगाल, दार्जिलिङ, भुटान र नेपालका विभिन्न ठाउँमा पुगेर हजारौं विरामी निको पारेको दावी गरेका छन्।

फागुन २२ गते उनी पोखरा आएका थिए । ३ दिनसम्म भरतले अबैध शिविर चलाएका हुन् । शिविर सञ्चालनको नेतृत्व लिएका पोखरा उद्योग वाणिज्य संघका सदस्य समेत रहेका व्यवसायी भरत केसीलाई पनि प्रहरीले पक्राउ गरी हाजिरी जवानीमा छोडेको छ ।

उनीहरुले विरामीबाट एक हजार रुपैयाँका दरले असुल गरेका हुन् । छुटेका दुवैजनालाई विहिबार पुनः बोलाएर अनुसन्धान गरिने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए। दुवैजनालाई बैदाम प्रहरीले पक्राउ गरी प्रशासनमा बुझाएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 8 =