लिग २ को अन्तिम सिरिज खेल्ने नेपाली टोली घोषणा, जोरा र ढकाल आउट

कीर्तिपुरमा बिहीबारदेखि सुरु हुने लिग २ को अन्तिम त्री देशिय सिरिजका लागि नेपाली टोली घोषणा गरिएको छ। क्यानले मंगलबार साँझ घोषणा गरेको १४ सदस्यीय टोलीमा केही परिवर्तन गरेको छ। यसअघि युएई पुगेका सन्दीप जोरा र श्याम ढकाललाई बाहिर राखिएको छ।

उनीहरु रिजर्भ टोलीमा मात्रै छन्। १४ सदस्यीय टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिस जिसी समेटिएका छन्। यस्तै कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुलसन झा, भीम सार्की र ललित राजवंशी परेका छन्।

यस्तै कमलसिंह ऐरी र अर्जुन साउदलाई रिजर्भ खेलाडीका रुपमा राखिएको छ। लिग २ अन्तरगत अब नेपालले २५ गते बिहीबार र २९ गते सोमबार पपुवा न्युगिनीसँग तथा २८ गते आइतबार चैत २ गते बिहीबार युएईसँग खेल्नेछ।

यी चारवटै खेलमा विजयी भएमा नेपाल विश्वकप छनौट खेल्न पाउने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =