युएई क्रिकेट टिम काठमाडौं आइपुग्यो, लिग २ का अन्तिम चरणका खेल हुँदै
२०७९ फागुन २३ गते

आईसीसी लिग २ अन्तरग अन्तिम चरणका खेलमा सहभागी हुन युएईको टोली काठमाडौं आइपुगेको छ। मंगलबार नेपाली टोलीसँगै युएईको टिम पनि काठमाडौं आइपुगेको हो।
लिग २ अन्तरगत अन्तिम चरणका खेल कीर्तिपुर मैदानमा आगामी बिहीबारदेखि सुरु हुँदैछ। बिहीबार नेपाल र पीएनजी भिड्नेछन्। त्यसको भोलिपल्ट शुक्रबार युएईले पहिलो खेल पपुवा न्युगिनीसँग खेल्नेछ।
सबै खेल जिते युएईको पनि विश्वकप छनौटका सम्भावना जिवितै छ। पहिलो खेलमा शुक्रबार पाहुना टोली भिड्नेछन्। यी दुईको दोस्रो खेल बुधबार हुनेछ।
यसअघि घरेलु मैदाना युएई पीएनजीसँग दुवै खेलमा पराजित भएको थियो।
आगामी आइतबार नेपाल र युएई भिड्ने छन्। यी दुईको अन्तिम खेल अर्को साताको बिहीबार हुनेछ। नेपालले पीएनजीसँग पहिलो खेल बिहीबार र अन्तिम खेल आगामी सोमबार खेल्नेछ। यससँगै लिग २ का खेल सकिनेछन्।
२०७९ फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








