इंग्लिस प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटी विजयी

काठमाडौँ । इग्लिस प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटीले विजयी भएका छन् । आर्सनलले इन्जुरी समयमा गोल गर्दै सनसनीपूर्ण जित निकालेको हो ।

एएफसी बोर्नमाउथसँग शनिबारको खेल २-० ले पछि परेर आर्सनलले ३-२ को जित निकालेको छ । खेलको इन्जुरीसमयमा रेइस नेल्सनले गोल गर्दै आर्सनललाई जिताएका हुन् । बोर्नमाउथले २-० गोलले अग्रता लिएको अवस्थामा आर्सनलले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो ।

बोर्नमाउथका लागि पहिलो मिनेटमा नै फिलिप बिलिंगले गोल गरेका थिए भने खेलको ५७औं मिनेटमा मार्कोस सेनेसीले दोस्रो गोल गरेका थिए । आर्सनलका लागि खेलको ६२औं मिनेटमा थोमस पार्टी, ७०औ मिनेटमा बेन ह्वाइट र ९७औं मिनेटमा रेइस नेल्सनले गोल गरेका थिए ।

यो जितपछि आर्सनलको २६ खेलमा ६३ अंक भएको छ र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा स्पष्ट ५ अंकको अग्रता हासिल गरेको छ । बोर्नमाउथको २५ खेलमा २१ अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।

सिटीले न्युक्यासल युनाइटेडलाई २-० ले हराएको छ । फिल फोडेन र बेर्नार्डो सिल्भाको गोलमा सिटीले लिगको जारी सिजनमा १८ औं जित हासिल गरेको हो । खेलको १५ औं मिनेटमा फोडेनको गोलबाट सिटीले अग्रता लिएको थियो । ६७ औं मिनेटमा सिल्भाले गोल थपेपछि सिटीको जित थप सहज बनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =