ब्याटरले धोखा दिँदा सन्दीपको ‘सरप्राइज’
कुशल र आशिफबाहेक ब्याटर चलेनन्

घरेलु मैदानमा तहल्का पिटेका नेपाली बलरले लगतै विदेशी भूमिमा भने आश्चर्यजनक निराशा दिए। युएईको दुवईमा नेपाली ब्याटर नचल्दा नेपाललाई विश्वकप छनौटको आशा जिवित राख्नै हम्य पर्यो।
युएईविरुद्ध कुशल मल्ल र पपुवा न्युगिनीविरुद्ध आशिफ शेखले सानदार पारी खेले पनि अरु ब्याटर चलेनन्। बरु दुवै खेलमा सन्दीपले सरप्राइज ब्याटिङ गरेका छन्।
शुक्रबार आईसीसी लिग २ मा पपुवा न्युगिनीसँग पराजित भएको भए ५ खेल अघि नै नेपालको विश्वकप सपनामा पूर्णविराम लाग्थ्यो। यसअघि लगातार ५ जित हात पारेको नेपालले युएईविरुद्ध जितमा ब्रेक त लगायो नै त्योभन्दा बढी नेपाली ब्याटरले निराशा दिए।
घरेलु भूमिमा स्कटल्याण्ड र नामिवियाविरुद्ध उत्कृष्ठ प्रदर्शन गर्दै नेपालले एकाएक विश्वकप छनौटको सम्भावना जगाएको थियो।
युएईमा पुगेपछि पनि पहिलो खेलमा पुपवान्युगिनीलाई ४ विकेटले पराजित गरेको थियो। तर दोस्रो खेलमा भने नेपालको ब्याटिङ नै चलेन। कुशल मल्लले ६० रन जोडेपनि अरु ८ ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
जस कारण नेपाल अलाआउट हुँदै ६८ रनले पराजित भएको थियो। त्यो खेलमा पनि सन्दीप लामिछानेले भने नटआउट २६ रन जोड्दै सर्पाइज दिएका थिए।
९ औं क्रममा आएका सन्दीपले ओपनर आशिफलाई बलियो साथ दिँदा नेपालको जित सम्भव बन्यो। ७ विकेट गुमेपछि क्रिजमा आएका सन्दीपले आशिफसँग ७७ रनको अविजित पार्टनरसिफ गरे।
नेपालका लागि कुशल मल्लले २३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा नेपाल हार नजिक पुगेको थियो।
कुशल भुर्तेल पहिलो बलमै आउट हुँदा अर्का ओपनर आसिफ एक्लैले ८ जनासँग साझेदारी गरेका थिए। १४ रन बनाउँदा ज्ञानेन्द्र मल्ल ६ रनमा र भीम शार्की ८ रनमै आउट भए।
कप्तान रोहित पौडेल १ रनमै आउट हुँदा आरिफले पनि एक रनभन्दा जोड्न सकेनन्। दीपेन्द्रसिंह ऐरीले ८ रन बनाउँदा कुशल मल्लले २३ रन जोडे। निरन्तर विकेट पतन हुँदा नेपाल दबाबमा थियो।
दबाबकाबीच करण केसी र सोमपाल कामीभन्दा पहिले सन्दीपलाई मौका दिइएको थियो। जुन मौकालाई सन्दीपले खेर जान नदिएर राष्ट्रलाई नै सर्पाइज दिए।
पपुवा न्यु गिनीले ४९.२ बलमा १७९ रनमा अल आउट भएको थियो। उक्त लक्ष्य पूरा गर्ने क्रममा सन्दीपले नै विजयी चौका प्रहार गरे।
अब नेपालले युएईसँग सोमबार एक खेल खेल्नेछ। लिग २ का अन्तिम चरणका खेल भने कीर्तिपुरमै हुनेछन्। जहाँ नेपालले युएई र पीएनजीसँगै २/२ खेल खेल्नेछ।
यी चार खेल नै जिते नेपाल विश्वकप छनौटमा पुग्नेछ। नेपालले ३१ खेलबाट ३० अंक जोड्दा एक खेल कम खेलेको युएईको ३१ अंक छ। तर युएई र नेपालबीच अझै तीन खेल हुनेछ। जसले अघिल्लो चरण पुग्ने टोलीको टुंगो लाग्ने छ।
नामिवियाको ३६ खेलबाट ३९ अंक छ। युएई, नेपाल र नामिविया मध्ये एउटा टोलीले विश्वकप छनौट खेल्नेछ। स्कटल्याण्ड र ओमान छनौट भइसकेका छन्।
अमेरिका र पपुवा न्युगिनी भने बाहिरिसकेका छन्।








