यू-१९ विश्वकप छनौट : नेपालको खराब शुरुवात, गुमायो तीन विकेट
२०७९ फागुन १८ गते

काठमाडौँ । युएईमा जारी आईसीसी यू-१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगितामा नेपालले अहिले पहिला ब्याटिङ गरिरहेको छ ।
युएईविरुद्धले यस निर्णायक खेलमा नेपालले खराब शुरुवात गरेको हो । नेपालले अहिलेसम्म दुवै ओपनरसहित तीन विकेट गुमाएको छ । नेपालका दीपक बोहोरा शुन्य, अर्जुन कुमाल ३ र आकाश त्रिपाठी ९ रन बनाएर आउट भएका छन् ।
अहिले कप्तान देव खनाल र उत्तम मगर खेलिरहेका छन् । यो समाचार तयार गरुन्जेल नेपालले ६.४ ओभरमा ३ विकेट गुमाएर २१ रन बनाएको छ ।
यू-१९ विश्वकपमा छनौट हुन दुवै देशका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यो खेल जित्ने देश विश्वकपका लागि छनौट हुनेछ । आज सिंगापुर र कुवेत तथा हङकङ र मलेसियाबीच पनि खेल हुँदैछ ।
२०७९ फागुन १८ गते
प्रतिक्रिया
सम्बन्धित








