यूएई पीएनजीसँग पराजित हुँदा नेपाललाई फाइदा, अब एक खेल हारे पनि विश्वकप छनौट खेल्न पाउने

काठमाण्डौ। घरेलु टोली यूएईमाथी कमजोर टोली पपुवा न्युगिनी सानदार जित दर्ता गरेको छ। दुबईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा यूएई १ सय ३१ रनको फराकिलो अन्तरले पराजित भएको हो।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा पीएनजीले २ सय ६३ रनको लक्ष्य दिएको थियो। तर यूएई ३४ ओभर २ बलमा १ सय ३१ रन मात्र जोडेर अलआउट भयो।

यूएईका लागि ओपनर मुहम्मद वासिमले सर्वाधिक २४ रन बनाउँदा वृत्य अरबिन्द र जाहोर खानले समान २३ रन जोडे। आसिफ खानले २० तथा अलिशान सरफुले १४ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन्।

पीएनजीका लागि चाड सोपारले १० ओभरमा २५ रन खर्चिएर ५ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ६२ रन बनाएको थियो ।

पीएनजीका लागि सेसे बाउ र टोनी उराले अर्धशतकीय ईनिङ खेले। बाउले ७६ बलमा ७४ रन बनाउँदा उराले ४३ बलमा ५१ रन बनाए।किप्लिन डोरिगाले ४२, गौडी टोकाले २८, कप्तान असद भालाले २३ र चाड सोपार १४ रनमा आउट भए।

पीएनजीले उत्कृष्ठ सुरुवात गरेपनि अन्तिम समयमा सम्हालिन नसक्दा पूरै ओभर खेल्न सकेन। २ सय ३४ रनमा ४ विकेट मात्रै गुमाएको पीएनजीले बाँकी २८ रन जोड्दा ६ विकेट गुमाएको थियो।

जितसँगै पीएनजीको ३० खेलमा ७ अंक भएको छ। तीन खेल मात्रै जितेको पीएनजी अंक तालिकाको पुछारमा रहेको छ।युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ। तर पीएनजीको जितले नेपाललाई फाइदा भएको छ।

अब नेपाल बाँकी एक खेलमा पराजित भएपनि विश्वकप छनौट खेल्न पाउने छ। नेपालले पछिल्ला ५ खेलमा लगातार जित हात पारेको छ। घरेलु मैदानमा क्लिनस्वीप गरेको नेपालले युएईमा पनि पहिलो खेलमा पीएनजीलाई पराजित गरेको छ।

नेपालले बिहीबार युएईसँग खेल्नेछ। त्यसपछि यी दुई टोलीसँग एक एक खेल खेलेर नेपाल स्वदेश फर्किनेछ। बाँकी ४ खेल भने नेपालमै हुनेछ।
नेपालले अब ७ मध्ये ६ खेल जिते पनि अन्तिम ३ मा पर्नेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fourteen =