क्यानले सन्दीपलाई युएई पठाउने प्रक्रिया थाल्यो

क्रिकेटर सन्दीप लामिछानेलाई युएई पठाउन क्यानले प्रक्रिया सुरु गर्ने भएको छ। क्यानले उनलाई टोलीमा समावेश गर्न अनुमति माग गर्दै आईसीसीलाई पत्र पठाउने भएको हो। यसअघि पठाएको पत्रमा सन्दीपको नाम छैन।

सन्दीपको नाम थप गर्नका लागि आजै पत्र पठाउने क्यानका प्रवक्ता दुर्गाराज पाठकले जानकारी दिए।

उच्च अदालत पाटनले सन्दीपलाई विदेश रोक लगाएको थियो। तर सर्वोच्चले सोमबार त्यसलाई बदर गर्दै विदेश जान अनुमति दिने आदेश गरेसँगै सन्दीपलाई युएई पठाउन लागिएको हो।

त्यहाँ नेपालले खेल्ने ४ खेल मध्ये पहिलो खेल सोमबार सकिएको छ। जसमा नेपालले पपुवान्युगिनीलाई पराजित गरेको छ। अब नेपालले युएईसँग २ खेल र पपुवान्युगिनीसँग एक खेल खेल्न बाँकी छ। नेपालको दोस्रो खेल बिहीबार युएईसँग छ।

त्यो खेलमा टोलीमा समेट्ने गरी सन्दीपलाई पठाउने क्यानको तयारी छ। यसअघि नेपाली टिका म्यानेजर विनोद दासले नै इजलासमै पुगेर सन्दीप नेपाली टोलीका लागि महत्वपुर्ण खेलाडी भएको र उनलाई विदेश लैजाने र ल्याउने जिम्मा आफ्नो हुने जानकारी गराएका थिए। सन्दीपको पासपोर्ट टिम म्यानेजरको जिम्मामा हुन्छ। म्यानेजरको अनुमतिबिना उनी कहिँ पनि जान पाउँदैनन्।

सन्दीपको राहदानी तत्काल फकुवा गर्न सर्वोच्चले गृह र परराष्ट्र मन्त्रालयलाई भनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + four =