सन्दीपको शानदार बलिङ, नेपाललाई तेस्रो सफलता
२०७९ फागुन ९ गते

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणीय सिरिजको अन्तिम खेलमा आज नेपालले अहिले स्कटल्यान्डविरुद्ध बलिङ गरिरहेको छ ।
यस क्रममा नेपालले तेस्रो विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानेले १४औँ ओभरमा दुई विकेट लिएर नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।
सन्दीपले नै यस अघि पहिलो विकेट लिएका थिए । सन्दीपले ६० रन बनाएर खेलिरहेका स्कटल्यान्डका जर्ज मुन्सी र रिची बेरिंगटनलाई शून्यमा आउट गरेका हुन् । सन्दीपले अहिलेसम्म २ ओभरमा २१ रन दिएर ३ विकेट लिएका छन् ।
यो समाचार तयार गरुन्जेल स्कटल्यान्डले १४ ओभरमा ३ विकेट गुमाउँदै ८९ रन बनाएको छ ।
२०७९ फागुन ९ गते
प्रतिक्रिया
सम्बन्धित








