कर्मचारीलाई तलब नदिएको भन्दै गुण एयरलाइन्सका सम्पूर्ण उडान प्रतिबन्ध
२०७९ फागुन ८ गते

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सका सम्पूर्ण उडानमा प्रतिबन्ध लगाएको छ । कम्पनी आर्थिक संकटमा फसेको र कर्मचारीलाई तलब समेत नदिएको पाइएकोले सोमबारदेखि गुणका सम्पूर्ण उडान प्रतिबन्ध गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले मकालुखबरलाई बताए ।
‘आर्थिक संकटमा फसेको कम्पनीले तलब नदिई कर्मचारीलाई उडानको काममा लगाउँदा सुरक्षित उडानमा बाधा पर्ने देखियो,’ उनले भने, ‘त्यसो हुँदा गुणका उडानमा प्रतिबन्ध लगाइएको हो ।’
गुणले आफ्ना कर्मचारीलाई तलब दिएको पत्रसहित प्राधिकरणमा प्रतिबन्ध खोल्न आग्रह गरेपछि प्राधिकरणले अनुगमन गरी उडान प्रतिबन्ध खोल्नेबारे निर्णय लिने प्रवक्ता निरौलाको भनाइ छ ।
२०७९ फागुन ८ गते
प्रतिक्रिया
सम्बन्धित








