लौरेन्सको अर्धसतकमा स्कटल्याण्डविरुद्ध नामिबिया जिततर्फ

काठमाडौँ। टियु मैदानमा जारी क्रिकेटमा स्कटल्याण्डविरुद्ध नामिवियाले जवाफी ब्याटिङ गरिरहेको छ। २२२ रनको सामान्य लक्ष्य पाएको नामिवियाले २१ ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा १११ रन बनाएको छ।

नामिवियाका लागि ओपनर लो ह्यान्डर लौरेन्सले अर्धसतक पूरा गरेका छन्। कप्तान जेरार्ड एरास्मस २९ रनसहित क्रिजमा छन्। कार्ल बिर्केनस्टक ७ रन र सउन फउचे १० रनमा आउट भए।

पहिलो खेलमा १० विकेटले पराजित भएको नामिवियाका लागि रुबेन ट्रपेलम्यानले घातक बलिङ गर्दा स्कटल्याण्ड २ सय २१ रनमा समेटिएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ४८.४ ओभरमा अलआउट भएको थियो।

स्कटल्याण्डका लागि क्रिटोफर म्याकब्रिडले ७५ बलमा ४७ रन बनाए। टमस म्याकिन्टोसले ३४ तथा कप्तान रिचि बेरिङ्टनले ३२ बनाए।

माईकल लिस्कले २९ रन बनाउँदा आजको खेलमा नै डेब्यु गरेका लियम नायलोर २० रन बनाएर आउट भए । म्याथ्यु क्रसले १६ रन बनाए।

नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले ९.४ ओभरमा ३० रन खर्चिएर ५ विकेट लिए। ट्याङ्गिनी लुङ्गिमिनीले २ विकेट लिँदा स्कटल्याण्ड सस्तैमा समेटियो।

नामिविया यसअघिका तीनै खेलमा पराजित भएको थियो।

स्कटल्याण्ड नामिबियासँगको यसअघिको जितसँगै ३ खेल अगाबै विश्वकप लिग टूको च्याम्पियन बनिसकेको छ। नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

नेपालले मंगलबार स्कटलल्याण्डसँग खेल्दैछ। आजको खेलमा नामिविया विजयी भए एक खेल अघि नै सिरिज नेपालको पक्षमा हुनेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =