नेपाललाई अर्काे सफलता, कुशल मल्लले लिए दुई विकेट

काठमाडौँ । काठमाडौँमा जारी आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला स्कटल्याण्डलाई पहिलो ब्याटिङको निम्तो दिएको नेपालका लागि कुशल मल्लले दुवै विकेट लिएका हुन् ।

अब तीन खेल खेल्न बाँकी रहेको अवस्थामा स्कटल्यान्ड लिग-२ को विजेता बनिसकेको छ  । उसले हालसम्म ३३ खेलबाट ४८ अङ्क जोडिसकेको छ  ।

नेपालले भने हालसम्म खेलका २५ खेलबाट २० अङ्क मात्र जोडेको छ । नेपाल सात टोली सहभागी लिग-२ को छैटौँ स्थानमा छ । नेपालले यसअघि पहिलो खेलमा नामिबियालाई पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =