मुस्ताङमा बस दुर्घटना, १७ जनाभन्दा बढी घाइते
२०७९ फागुन ३ गते

पोखरा । मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको बस कालिगण्डकीमा खसेको छ । थासाङ-३ धम्पुमा दुर्घटना हुँदा १७ जना भन्दा बढी घाइते भएको खबर छ ।
बस सडकबाट ३० मिटर तल नदीमा खसेको थियो । घाइतेहरूको उद्धार भइरहेको मुस्ताङ प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी ।
२०७९ फागुन ३ गते
प्रतिक्रिया
सम्बन्धित








