प्रशिक्षकको सुखद डेब्यु, खेलाडीका आधा दर्जन कीर्तिमान

मुद्दा मामिलाले जेलिएको नेपाली क्रिकेट टिमले लामो समयपछि घरेलु मैदानमा सुखद नतिजा निकालेको छ। नवनियुक्त प्रशिक्षकको नेतृत्वमा टोलीले सुधारिएको प्रदर्शन गर्दा लामो समयदेखिको जितको खडेरी तोड्यो।

नेपालले एउटै खेलमा ८ कीर्तिमान बनाउँदा प्रशिक्षक मोन्टी देसाइले पनि नेपाली भूमिमा सुखद सुरुवात गरेका छन्। खेल अघिको पत्रकार सम्मेलनमा उनले ब्याटिङ सुधारको लागि काम गरेको बताएका थिए। उनको त्यो बचन मंगलबार कीर्तिपुर मैदानमा प्रमाणित भएको छ।

नामिबियाविरुद्ध ८ विकेटको ऐतिहासिक जित हात पार्दा नेपालले सर्वाधिक रनको कीर्तिमान बनायो। नेमिबियाले दिएको २८६ रनको लक्ष्य पूरा गर्दा नेपालले अहिलेसम्मकै ठूलो लक्ष्य पनि पूरा गर्यो।

यसअघि नेपालले पीएनजीविरुद्ध २०२२ को मार्च २५ मा कीर्तिपुर मैदानमै सर्वाधिक २८६ रन बनाएको थियो। तर त्यो खेलमा नेपाल पराजित भएको थियो। त्यसैको अर्को दिन पीएनजीविरुद्ध नै २७८ रन बनाएको थियो। तर नेपालले मंगलबार ती कीर्तिमान तोड्दै नयाँ इतिहाँस बनाएको छ।

एक दिवशीय क्रिकेटमा नेपालले बनाएको यो नै सर्वाधिक रन हो। अर्को कीर्तिमान भनेको नेपालले नामिबियालाई पहिलो पटक पराजित गरेको हो। यसअघि नामिबियाविरुद्धका चार वटै खेलमा नेपाल पराजित भएको थियो।

आईसीसी विश्वक्रिकेट डिभिजन २ को एक दिवशीयमा नेपाल २० अंकसहित छैटौं स्थानमा छ। नेपालभन्दा ६ खेल बढी खेलेको नामिबिया ३७ अंकसहित शीर्ष ३ मा छ।

खेलमा नेपालका लागि करण केसीले बलिङतर्फ पाँच विकेट लिएर कीर्तिमान बनाए भने ब्याटिङमा कुशल भुर्तेलले शतक प्रहार गरे। यो प्रदर्शनले कुशलका नाममा टि २० र एकदिवशियमा सतक प्रहार गर्ने तेस्रो खेलाडीको कीर्तिमान बन्यो।

११५ रन जोडेका कुशल भुर्तेलले एक दिवशीयमा पहिलो शतक प्रहार गरेका हुन्। यसअघि टी–२० मा शतक प्रहार गरेका थिए। यसअघि दीपेन्द्रसिंह ऐरी र पारस खड्काको नाममा यो कीर्तिमान थियो।

कप्तान रोहित पौडेल एक दिवशीयमा एक हजार रन बनाउने पहिलो नेपाली खेलाडी बने। ४ वर्षअघि डेब्यु गरेका उनले ३३ खेलमा १ हजार १७ रन जोडेका छन्। रोहितले यो कीर्तिमान बनाउँदा १२६ रनसहितको एक सतक र ५ अर्धशतक प्रहार गरेका छन्।

कुशल र रोहितले छुट्टा छुट्टै कीर्तिमान मात्रै बनाएनन्। उनीहरुको नाममा साझेदारीको कीर्तिमान पनि बन्यो। तेस्रो विकेटका लागि १३३ रनको साझेदारी गरे।

जुन साझेदारीले दुई कीर्तिमान बन्यो। यो नेपालका लागि एकदिवसीयमा अहिलेसम्मकै ठूलो साझेदारी हो हो।

यसअघि सर्वाधिक रनको साझेदारी देव खनाल र दीपेन्द्रसिंह ऐरीले पपुवा न्युगिनीविरुद्ध १२९ रन जोडेका थिए। कप्तान रोहित र सोमपालले नामिवियासँग खेलेसँगै सर्वाधिक खेलको कीर्तिमान पनि एकसाथ बनाएका छन्।

उनीहरुले समान ३३ एकदिवसीय क्रिकेट खेलेका हुन्। आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले ३२ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन्।

नामिबियाविरुद्ध ५ विकेट लिएका करणले नेपालका लागि तीन पटक पाँच विकेट लिने कीर्तिमान पनि बनाए। करणले २९ एकदिवसीय खेलेका छन्। उनले टी–२० अन्तर्राष्ट्रियमा पनि एक पटक पाँच विकेट लिएका छन्।

केही नेपाली क्रिकेटरमाथी स्पट फिक्सिङको आरोपमा अनुसन्धान भइरहँदा मंगलबारको नतिजाले खुसी दिएको छ। यस्तै बलात्कारको आरोप लागेका सन्दीपलाई खेलाएको भन्दै कतिपयबाट आलोचना पनि भएको छ। सन्दीपले यो खेलमा ३ विकेट लिए। ६ महिनापछि टिममा फर्किएका सन्दीपले पनि नेपाली दर्शकमाझ कीर्तिपुरमा मज्जैले खुसी साटेका छन्।

नेपालले कीर्तिमानी जित निकाल्ने क्रममा कुशल भुर्तेलले १ सय १५ रनको सर्वाधिक योगदान बनाउँदा कुशलले १ सय १३ बलमा १० चौका र ४ छक्का हाने।

कप्तान रोहित पौडेलल ७२ रनको महत्वपुर्ण योगदान दिदैँ पवेलियन फर्के। ७६ बलको सामना गरेका रोहितले ७ चौका र ३ छक्का मद्धतमा ७२ रन बनाए।

ज्ञानेन्द्र मल्ल २५ रनमा आउट भए। दिपेन्द्र सिंह ऐरि ७, कुशल मल्लले ६ रन थपे। आशिफ शेख शुन्य रनमा आउट भए।

करण केसी २० र सोमपाल कामी ४ रनमा नटआउट रहे। करणले १२ बलमा १ चौका र २ छक्का हो। सोमपालले आफ्नो पहिलो बलमा चौका प्रहार गरे।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबिया निर्धारित ५० ओभरमा २ सय ८५ रन जोड्दा अलआउट भयो।

नेपालका लागि करण केसी एक्लैले ५ विकेट लिए। करण केसीले १० ओभरमा १ मेडन राख्दै ६१ रन दिए। सन्दीप लामिछानेले ३ विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले ६६ रन खर्चे। सोमपाल कामी र कुशल मल्लको नाममा एक एक विकेट रह्यो।

नामिबियाका माइकल १ सय ३३ रनको सर्वाधिक योगदान दिएका थिए। लामो सट खेल्ने धुनमा रहेका माइकल करणको बलमा दिपेन्द्र सिंह ऐरिबाट क्याच आउट हुन पुगे। १ सय ३७ बलको सामना गरेका माइकलले ९ चौका र ५ छक्का हाने।

तेस्रो विकेटका लागि माइकल भान लिन्गेन र कप्तान जिहार्ड इरास्मस १ सय २४ रनको साझेदारी गरेपछि नेपाल दबाबमा आएको थियो।

कप्तान इरास्मस ५६ रनमा पवेलियन फर्के। कार्ल ब्रिकेनस्टोक १३ रनमा सन्दीप लामिछानेको बलमा बोल्ड भए। जान फ्राइलिंक १३ रन बनाउँदा करण केसीको बलमा बोल्ड आउट भए। जान निकोन ८ रनमा आउट भए।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =