सन्दीपले लिए विकेट, नेपाललाई दोस्रो सफलता

काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ ।
नेपालका लागि सन्दीप लामिछानले विकेट लिएका हुन् । पाँच महिनापछि मैदान पूनरागमन गरेका सन्दीपले ११ औं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्रिकेनस्टोकलाई सन्दीपले १३ रनमा बोल्ड आउट गरे । सन्दीपले आफ्नो पहिलो ओभरमा तीन मात्रै रन खर्चिए ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले १२ ओभरमा २ विकेट गुमाउँदै ४७ रन बनाएको छ । नामिबियाका माइकल भान लिगेन २५ र जेरार्ड इरास्मस एक रनमा क्रिजमा छन् ।
तीव्र गतिका बलर सोमपाल कामीले चोभार एण्डबाट बलिङ गर्दै तेस्रो ओभरको पाँचौं बलमा ओपनर लो ह्यान्डरे लरेन्सलाई ५ रनमा बोल्ड आउट गरे । त्यसअघि सोमपालले इनिङको पहिलो बलनै नो फ्याँलेका थिए । १३ बल खेल्दै उनले एक चौका प्रहार गरेका थिए ।
नेपालले ओडिआईमा नामिबियालाई पहिलो पटक हराउन चाहन्छ । नेपालले चार ओडिआई खेल खेल्दा नामिबियासँग तीन हार र एक खेलमा वर्षाको कारण रद्ध छ । नेपाल घरेलु मैदान, वातावरण र समर्थकको भरपूर्ण फाइदा उठाउने सोचमा हुनेछ । नामिबिया २०१६ पछि पटक नेपालमा खेल्दैछ । २०१६ मा दुबै खेलमा नामिबिया नेपालसँग पराजित भएको थियो ।
नेपालको प्लेइङ ११ :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।








