कर्णालीका मुख्यमन्त्री शर्माले गरे सुर्खेत महोत्सवको उद्धाटन

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आजबाट सुरु भएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार, नवीनतम कृषि प्रदर्शनी तथा व्यापार महोत्सवको कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले उद्धाटन गरेका छन् । शुक्रबार एक समाराेहबीच मुख्यमन्त्री शर्माले महोत्सवको उद्धाटन गरेका हुन् ।

महोत्सवको उद्धाटन गर्दै मुख्यमन्त्री शर्माले अव कर्णालीको समृद्धिको यात्रा थालनी भएको बताए ।

उनले भने, ‘हाम्रा समाजमा रहँदै आएका समस्या समाधान गर्न, गरिबी अन्त्य गर्न, कुसंस्कार र विकृतिका विरुद्धमा फेरी एकपटक कर्णाली बासी मैदानमा उत्रने छन् ।’

यस्तै उनले अब कर्णाली प्रदेशमा विकास र समृद्धि सुरु हुने र आफूहरुलै त्यसको नेतृत्व गर्ने पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *