इत्राम खोला पुलमा युवक मृत फेला

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा रहेको इत्राम खोलामा एक युवा मृत फेला परेका छन् । रत्न राजमार्ग अन्तर्गत पर्ने उक्त पुलमा एक युवा झुण्डिएको अवस्थामा रहेको स्थानीयले बताएका थिए ।

मृतक हुम्लाको अदानचुली गाउँपालिका ३ का २४ वर्षका मिलन बुमी रहेको र उनी वीरेन्द्रनगर नगरपालिका १० दिपनगर बस्दै आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्की जानकारी दिए ।

घटना थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *