प्रेमले आत्मदाह गरेपछि नेविसंघले पोखराबाट माग्यो गृहमन्त्रीको राजीनामा

पोखरा । मंगलबार आत्मदाह प्रयास गरेर गम्भीर बनेका प्रेम प्रसाद आचार्यको बुधबार उपचारकै क्रममा मृत्यु भयो । उनको मृत्यु पछि नेविसंघले पोखराबाट गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । कांग्रेसको भ्रातृ सङ्गठन नेविसंघको जनप्रिय क्याम्पस समितिले पृथ्वी चोकमा प्रदर्शन गर्दै गृहमन्त्रीको राजीनामा मागेको हो ।

प्रेमले धेरै प्रयास गरे पनि जिउन मुस्किल भएको र राज्य व्यवस्था कारण आफूले धेरै दुख पाएको गुनासो लेख्दै आत्मदाहको प्रयास गरेका थिए । आफ्नै शरीरमा आगो सल्काएका उनलाई सरकारले हत्या गरेको भन्दै पोखरामा नेविसंघले प्रदर्शन गरेको हो ।

गृहमन्त्री माफियाबाट सञ्चालित रहेको आरोप उनीहरूले लगाए । प्रदर्शनका संयोजक निर्दोष विक्रम पौडेलले सरकार माफियाहरूसँग मिल्दा साना व्यवसायीले आत्मदाह गर्नुपर्ने अवस्था आएको आरोप लगाए । ‘सरकार व्यवसायीको पक्षमा छैन । माफियासँग मिलेको सरकार छ,’ उनले भने, ‘नागरिकले आत्मदाह गर्ने अवस्था बन्दासम्म सरकार हेरेर बस्छ ।’ प्रेमको मृत्यु आत्महत्या नभई सरकारी हत्या भएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *