सुर्खेतमा एक युवक मृत फेला
२०७९ माघ ७ गते

प्रतिकात्मक तस्बिर
सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा एक युवक मृत फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका-११ धुलियाबीवटमा शनिबार बिहान ८ बजे एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ ।
घरदेखि करिब ५०० मिटर टाढा वीरेन्द्रनगरबाट लेकबेशी जाने भित्री सडकमा सोही ठाउँमा बस्ने वर्ष ३५ का चन्द्र बहादुर खड्का बाँसको घारीमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतक डिएसपी सुरज कार्कीले बताए ।
स्थानीयले खबर गरेपछि छेउमै मोटरसाइकल पार्किङ गरी झुन्डिएको अवस्थामा भेटिएका उनको प्रहरीको टोलीले थप अनुसन्धानमा गरिरहेको छ ।
२०७९ माघ ७ गते
प्रतिक्रिया
सम्बन्धित








