सन्दीप लामिछानेको पेशी आज, छुट्ने सम्भावना कति ?

काठमाडाैं । जिल्ला अदालतको आदेशविरुद्ध नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले गरेको पुनरावेदनका लागि सुनुवाइको पेसी आजका लागि तोकिएको छ । पाटन उच्च अदालतमा दर्ता रहेको पुनरावेदनको सुनुवाइका पेसी आजका लागि तोकिएको हो ।

यसअघि दुईपटक पेसी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थिए । दोस्रोमा हेर्न उनको पेसी नभ्याइनेमा परेको थियो ।

२० असोजमा पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले फैसला नहुँदासम्मका लागि थुनामा पठाउने आदेश गरेको थियो । उनले थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन् । गत भदौमा सन्दीपविरुद्ध एक किशोरीले बलात्कारको आरोप लगाएकी थिइन् ।

प्रतिक्रिया

One thought on “सन्दीप लामिछानेको पेशी आज, छुट्ने सम्भावना कति ?

  1. सन्दिप हाम्रो गहना हुन र निर्दोस छन आज सफाइ पाउनु पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eight =