माओवादी गण्डकीको संसदीय दलको नेतामा चुमान

पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकीको संसदीय दलको नेतामा हरिबहादुर चुमानलाई सर्वसम्मत चयन गरेको छ । चुमान दोस्रो कार्यकालको लागि दलको नेतामा चुनिएका हुन् ।

यसअघि पनि उनै चुमान यहाँको दलको नेता थिए । गण्डकीमा कृष्ण धितालले पनि दलको नेता खोजेका थिए । तर चुमान सर्वसम्मत भए । उनले गण्डकीको मुख्यमन्त्री माओवादीले पाउनुपर्ने अडान राख्दै आएका छन् ।

माओवादीको यहाँ ८ सांसद छन् । चुमान तनहुँ १ (ख)बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =