गण्डकीका सांसद न्यौपानेले गीता छाेएर लिए शपथ

पोखरा । गण्डकीका नव निर्वाचत सांसद नन्दप्रसाद न्यौपानेले गीता छाेएर शपथ लिएका छन् । गोरखा १ (ख) बाट निर्वाचित न्यौपानेले आफ्नो कार्यकालमा प्रदेशको समृद्धिमा निरन्तर काम गर्ने सुनाए ।

‘मैले जुन विश्वासका साथ मत प्राप्त गरेको छु, कार्यकाल त्यसरी नै पूरा गर्नुछ,’ उनले भने, ‘मैले जुन आस्थामा विश्वास राख्छु, गीतालाई नै साथमा लिएर शपथ खाएँ ।’

न्यौपाने गण्डकीकै बिकट क्षेत्रबाट निर्वाचित भएका हुन् । गण्डकीमा सडक सन्जालले नछोएको पालिका चुमनुब्री उनकै क्षेत्रमा पर्छ । उनी कांग्रेस गोरखाका जिल्ला सभापति समेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =