गण्डकीका ज्येष्ठ सदस्य बस्यालले लिए शपथ
२०७९ पुस १३ गते

फाइल फोटो
पोखरा । गण्डकी प्रदेशसभाका ज्येष्ठ सांसद मित्रलाल बस्यालले आज शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई सपथ गराएका हुन् ।
पर्वत (ख) बाट निर्वाचित ६५ वर्षीय बस्याल एमाले नेता हुन् । अब बस्यालले भोलि बाँकी ५९ सांसदलाई सपथ गराउने छन् ।
संविधान अनुसार प्रदेश प्रमुखले जेष्ठ सांसदलाई सपथ गराउने र उनै जेष्ठ सांसदले अरु सांसदलाई शपथ गराउने व्यवस्था छ । संसद सचिवालयले सांसदहरुलाई मातृभाषामा पनि शपथको तयारी गरेको छ ।
२०७९ पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित








