एमाले गण्डकी संसदीय दलको नेतामा अधिकारी

पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् ।

कास्की प्रदेशसभा १ (१) बाट निर्वाचित अधिकारीलाई आइतबार बसेको गण्डकी प्रदेश कमिटी बैठकले सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो ।

साठी सदस्यीय गण्डकी प्रदेशसभामा एमालेबाट २२ सांसद निर्वाचित भएका छन् ।

संसदीय दलको नेता चयनसँगै अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 14 =