प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको निर्णय
२०७९ पुस १० गते

काठमाडौं । बालकोट बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकबाट उक्त सहमति जुटेको हो ।
एक नेताका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भयो, १६६ सांसदको समर्थन जुटेको छ।
प्रतिनिधिसभाको दोस्रो ठूलो दल रहेको एमालेसँग ७८ सांसद, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ ।
२०७९ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=65' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









