पोखराको फोहोर लामे आहालमा

पोखरा । पोखरा महानगरपालिकाले अल्पकालीन रूपमा ३२ नम्बर वडाको लामे आहालमा फोहोर व्यवस्थापन गर्ने भएको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले अल्पकालीन व्यवस्थापन लाम आहालमा गर्ने निर्णय गरेको हो ।

‘दीर्घकालीन जग्गा खोजी नहुँदासम्म लामे आहालमा फाल्ने भन्ने निर्णय भएको छ । त्यसबाहेक अरू वडामा पनि व्यवस्थापन त हुन्छ,’ महानगरका प्रवक्ता मोती तिमिल्सीनाले भने । यसअघिपोखरा १४ बाच्छेबुडुवामा फोहोर फाल्दै आइएकोमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान मिति तोकिएसँगै स्थानान्तरण गरिएको हो ।

फोहोर फाल्ने जग्गा खोजी गर्न पोखरा ३३ का अध्यक्ष रामचन्द्र अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिले लामे आहाललाई प्रस्ताव गरेको हो । दीर्घकालीन व्यवस्थापनका लागि भने पोखरा २१, २२ र ३३ नम्बर वडामा प्रशोधन प्लाण्ट राख्न सकिने प्रस्ताव गरिएको छ । अहिले लामे आहालमै फाल्ने भनिएपछि वातावरणीय प्रभाव मूल्याङ्कन भने गरिएको छैन ।

‘प्रस्ताव आएको छ । अध्ययन गर्न बाँकी छ,’ उनले भने, ‘महानगरले अरू ठाउँमा पनि अध्ययन गर्ने निर्णय गरेको छ । जहाँ उपयुक्त हुन्छ त्यहीँ दीर्घकालीन व्यवस्थापन गर्छौं ।’ गत शनिबार देखि पूरानो ल्याण्डफिलमा फोहोर फाल्न बन्देज लगाइएको छ । उक्त ल्याण्डफिल अहिले पुर्ने काम भइरहेको महानगरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =