गण्डकीमा कांग्रेसले दलको नेता छान्न निर्वाचन समिति बनायो 

पोखरा । गण्डकी कांग्रेसमा दलको निर्वाचन गर्न समिति गठन भएको छ । प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको हो । समितिमा सहमहामन्त्री कोपिला रानाभाट र रमेश पाण्डे सदस्य छन् ।
यस्तै, कानुनी सहयोगका लागि डेमोक्रेटिक लयर्स एशोसियसन (डीएलए) गण्डकीका अध्यक्ष फडिन्द्र कोइराला र कास्कीका अध्यक्ष कपिलमणि दाहाल पनि समितिमा रहने छन् ।
समितिले आजैदेखि काम सुरु गरेको संयोजक लामिछानेले बताए । पुसको १२ गते सकेसम्म सर्वसम्मत नभए निर्वाचन मार्फत दलको नेता चयन हुने उनले सुनाए । ‘निर्वाचनको अन्तिम तालिका १२ गते हुनेछ । हामी सकेसम्म सर्वसम्मत रूपमै दलको नेता चयन गर्छौं,’ उनले भने, ‘नभए प्रजातान्त्रिक अभ्यास बाँकी नै छ । प्रतिस्पर्धाबाट चयन हुन्छन् ।’
यहाँ केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, नेताहरू विन्दुकुमार थापा, महेन्द्रध्वज जिसी र भोजराज अर्याल प्रतिस्पर्धामा छन् । श्रोतका अनुसार कल्पना तिवारी र चम्पादेवी खड्काले पनि दलको नेतामा दाबी गरेका छन् ।
यद्यपि प्रतिस्पर्धा भए दुई गुटमा विभाजित हुने बताइएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =