बिजुलीकाे पाेल छुँदा करेन्ट लागेर श्रीमतीको मृत्यु, श्रीमान घाइते
२०७९ पुस ८ गते

सांकेतिक तस्वीर।
उदयपुर । उदयपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । त्रियुगा नगरपालिका–१५ ज्यामिटारमा करेन्ट लागेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका हुन् ।
मृत्यु हुनेमा २८ वर्षीया पार्वती विश्वकर्मा रहेको प्रहरीले जनाएको छ। आफ्नै बारीमा कोदो टिप्ने क्रममा बिजुलीको पोलमा छुन पुग्दा उनलाई करेन्ट लागि घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
श्रीमान रुपेश विश्वकर्मा श्रीमतीलाई बचाउन खोज्दा उनलाई पनि करेन्ट लागेर घाइते भएका छन् । घाइते विश्वकर्माको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।
२०७९ पुस ८ गते
प्रतिक्रिया
सम्बन्धित
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=101' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









