संसदका महासचिवकाे जवाफ- ‘महाअभियाेगबारे मैलै निर्णय गरेकाे हाेइन, जानकारी दिएकाे मात्र’

काठमाडौँ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले सर्वोच्च अदालतको संवैधानिक इजलासमा लिखित जवाफ पठाएका छन् ।

पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्ताव निस्क्रिय भएको र जबरालाई निलम्बन गर्ने पत्र समेत निष्प्रभावि भएको भदै पत्र दिएपछि उनलाई सर्वोच्चको संवैधानिक इजलास र फुल कोर्टले उक्त पत्र दिनुको कारण सोधेको थियो ।

त्यसैको जवाफमा गौतमले आइतबार लिखित जवाफ पठाएका हुन् ।

पत्रमार्फत गौतमले प्रतिनिधि सभाको कार्याकाल सकिएपछि प्रतिनिधि सभाको अन्य बिजनेशसँग महाअधियोग प्रस्ताव समेत निष्क्रय हुने दाबी गरेका छन् ।

उनले महाअभियोग लागेका व्यक्तिलाई उक्त अभियोगबारे जानकारी दिनु प्राकृतिक सिद्धान्तअनुसार आफ्नो दायित्व भएको समते उल्लेख गरेका छन् ।

उनले महाअभियोग निष्क्रिय भयो भनेर आफूले निर्णय गरेको नभई यथार्थ जानकारीमार्फत्र सम्बन्धीत निकायलाई दिएको जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =