रक्सी पिएर श्रीमतीले कुट्दा पोखराका मनबहादुरको मृत्यु

पोखरा । रक्सी पिएर श्रीमतीले कुट्दा तनहुँमा श्रीमानकाे मृत्यु भएको छ । घरायसी विषयमा विवाद चर्किएपछि श्रीमतीले टाउकोमा ढुंगाले हानेकी हुन् ।

पोखरा ३० शिसुवा घर भई तनहुँको शुक्लागण्डकी ४ बस्दै आएका ४० वर्षीय मनबहादुर नेपालीको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।

उनकी श्रीमती सुशीला विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ढुंगाले लागेर गम्भीर घाइते भएका मनबहादुरको तनहुँकै जीपी कोइराला श्वास प्रश्वास केन्द्रमा उपचारकै क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − eight =