विदेशमा रहेका नेपालीहरूले भोट हाल्न पाउने कानुन बन्छ : थपलिया
२०७९ मंसिर २८ गते

काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरूको मताधिकार दिन कानुन बनाउने प्रतिबद्धता जनाएको छ ।
४ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यस्तो प्रतिबद्धता जनाएका हुन् । ‘८ वटा कानुन छन् । अब एउटै बन्छ ।
धेरै कुरा जुधेका पनि छन्’ थपलियाले भने । नयाँ ऐनमा विदेशमा बस्ने नेपाली मतदाताले मतदान गर्ने विषय, निर्वाचनको मिति निर्वाचन आयोग आफैँले तय गर्ने देखि मतदाता शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने लगायतका विषय समेटिने थपलियाको प्रतिबद्धता छ ।
उनका अनुसार निर्वाचन सम्बन्धी एकीकृत ऐन (विधेयक) नयाँ संसद् सुरु भए लगत्तै लैजाने आयोगको तयारी छ ।
२०७९ मंसिर २८ गते
प्रतिक्रिया
सम्बन्धित









