बागलुङको होटलमा तीन नाबालिग बलात्कृत, तीन किशोर पक्राउ

पोखरा । पर्वत कुस्माका ३ जना नाबालिग बलात्कृत भएका छन् । बागलुङको एक होटलमा राखेर उनीहरूलाई जबरजस्ती करणी गरेको आरोपमा पोखराका ३ जना किशोर पक्राउ परेका छन् । बालिका र आरोपितहरू १६ वर्ष हाराहारीका छन् ।

उनीहरुबीच पहिलेदेखि नै सामाजिक सञ्जालमार्फत चिनजान भएको र साथीको जन्मदिन मनाउने बहानामा किशोरहरू बागलुङ पुगेका थिए । मंसिर २४ मा उनीहरू बागलुङ गएर बसेका र त्यहाँ किशोरीलाई बोलाइएको बताइएको छ । एक्कासि बालिकाहरू हराएको भन्दै अभिभावकहरूले खोजी थालेकोमा बागलुङस्थित होटलमा पुग्दा बलात्कृत भएको खुलेको प्रहरीले जनाएको छ ।

अभिभावकहरूले नै प्रहरीलाई खबर गरेका थिए । आरोपितलाई जिल्ला प्रहरी कार्यालय बागलुङमा राखेर अनुसन्धान थालिएको छ । किशोरहरू विरुद्ध किटानी जाहेरी परेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शारदाप्रसाद चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 19 =