तनहुँमा माइक्रो र ट्रक ठोकिँदा १ जनाको मृत्यु

पोखरा । तनहुँमा माइक्रो बस र ट्रक ठोकिँदा एकजनाको मृत्यु भएको छ ।

आँबुखैरेनी डुम्रे सडक खण्ड अन्तर्गत मार्की चोकमा भएको दुर्घटनामा स्याङ्जाको हरिनास गाउँपालिका २ की ५५ वर्षीया लालुमाया थापाको मृत्यु भएको हो । दुर्घटनामा घाइते थापाको चितवनमा उपचारको क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।

आँबुखैरेनीबाट डुम्रेतर्फ गुडिरहेको बा ३ ख २७१६ नम्बरको माइक्रो बस सोही दिशामा गुडिरहेको ना ७ ख २४७८ नम्बरको ट्रकमा ठोकिएको हो । दुर्घटनामा परी ११ जना घाइते छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 16 =