दोलखामा माओवादीका कार्की विजयी, हारे एमालेका शिवाकोटी

काठमाडौँ । दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३ सय १७ मतान्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् ।

कार्की ३६ हजार ७ सय ९९ मत ल्याएर विजयी हुँदा एमालेका शिवाकोटीले ३६ हजार ४ सय ८२ मत ल्याए । त्यहाँ माओवादीका कार्की सत्ता गठबन्धनका साझा उम्मेदवार थिए ।

समानुपातिक मतपेटिकामा प्रत्यक्षतर्फका मतपत्र भेटिए पनि गणना गर्ने सर्वदलीय सहमति भएकोले औपचारिक घोषणा गर्न केही समय लाग्नेछ । समानुपातिकतर्फ भने मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =