दोलखा : सत्ता गठबन्धनको अग्रता कायमै

दोलखा । सत्ता गठबन्धनले अग्रता कायम गरेको छ । प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्र का उम्मेदवार गङ्गा कार्कीले अग्रता कायमै राखेका छन् ।

हालसम्म आठ हजार आठ सय ९७ मतगणना हुँदा उनले पाँच हजार ३५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले दुई हजार नौ सय २८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

जिल्लाको प्रदेशसभा १ मा आठ हजार एक सय ४३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले चार हजार तीन सय ४२ मत तथा एमालेका नरबहादुर श्रेष्ठले दुई हजार नौ सय ८३ मत ल्याएका छन् ।

प्रदेशसभा २ मा छ हजार छ सय १६ मतगणना हुँदा कांग्रेसका वर्मा लामाले तीन हजार पाँच सय १५ तथाएमालेका भरत केसीले दुई हजार पाँच सय ६१ मत प्राप्त गरेका छन् । जिल्लाको १० मतदान केन्द्रमा बिहीबार पुनःमतदान भएको थियोे । बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो ।

जिल्लामा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *