सुनसरी ४ : ज्ञानेन्द्रबहादुर कार्की निरन्तर अगाडि

काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायम राखेका छन्।

गणना अन्तिमतिर आइपुग्दा कांग्रेस उम्मेदवार सञ्चारमन्त्रीमात्र ५८ मतले अगाडि छन् ।

एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले कार्कीलाई भेट्न लागेका छन् । कुसियैतले ३६५ को मतान्तरलाई झारेर ५८ मा ल्याएका हुन् ।

२८ वटा वडाको मत गणना भई सुनसीको बराह ११ र भोक्राह ७ को मतगणना जारी रहँदा कार्कीले २७ हजार ४४० मत पाएका छन् ।

कुसियैतले भने २७ हजार ३८२ मत पाएका छन् । अब करिब ५ हजार मत गन्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − five =