दोलखा : मंसिर १५ गते पुनः मतदान हुने
२०७९ मंसिर १२ गते

काठमाडौँ । दोलखामा मंसिर १५ गते मतदान हुने भएको छ । दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा आगामी मंसिर १५ गते पुनः निर्वाचन हुने भएको हो ।
जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले आगामी मंसिर १५ गते निर्वाचन गराउने निर्णय भएको मुख्य निर्वाचन अधिकृत ढिल्लीरत्न श्रेष्ठले जानकारी दिए।
दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउने निर्णय गरेको थियो।
आयोगका अनुसार आधारमा बैत्यश्वरको वडा नं ६ क,ख,ग, वैत्यश्वरको ३ कालीढुङ्गा क,ख,ग, बैत्यश्वर २ को जनज्योति क,ख र तामाकोसीको हेल्थपोस्ट क,ख मा पुन मतदान हुन लागेको हो ।
२०७९ मंसिर १२ गते
प्रतिक्रिया
सम्बन्धित








