दोलखाका १० मतदान केन्द्रमा पुन:निर्वाचन हुने

काठमाडौँ । निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा पुन:निर्वाचन गर्ने भएको छ ।

यसअघि भएको मतदानलाई रद्द गर्दै आयोगले मतदान गराउन भनेको हो ।

आइतबार बसेको बैठकले मङ्सिर १५ गतेभित्रमा १० वटा मतदान केन्द्रमा पुन:मतदान गराउन लागेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । आयोगले पुनः निर्वाचन मतदान गराउन दोलखा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन समेत दिएको छ ।

आयोगका अनुसार,वैत्यश्वर गाउँपालिका-६का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका क र ख, तामाकोसी गाउँपालिका-३ हेल्थपोस्ट भवन क र ख, वडा नं ३ को कालीढुंगा मावि क, ख, ग मा मतदान हुने भएको हो ।

अन्य मतदान केन्द्रमा भने मतदान नगरिने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =